Comments Add Comment

जाडोमा छालाको सुरक्षा, मोइस्चराइजर क्रिमको प्रयोग

जाडोमा छाला सुख्ख एवं रुखो हुन्छ । त्यसैले ओंठ एवं हात, खुट्टा फुट्ने गर्छ । अनुहारको छाला खस्रो हुन्छ । त्यसैले छालालाई नरम एवं मुलायम बनाइराख्नका लागि जरुरी छ, मोइस्चराइजिङ ।

मोइस्चराइजिङ क्रिमको मुख्य काम भनेकै छालामा भएको नरमपनालाई ‘लक’ गरेर छालाको नरमपनालाई यथावत राख्नु हो । छालाको नरमपना यथावत रहेमा छाला फुट्ने, छाला निस्कने तथा पोल्ने समस्या कम हुने भएकोले पनि मोइस्चराइजिङ क्रिमको सही तरीकाले प्रयोग गर्न जरुरी छ ।

– प्रत्येक मानिसको छाला भिन्नाभिन्नै किसिमको हुन्छ । कसैको छाला चिल्लो हुन्छ भने कसैको सामान्य त कसैको सुख्खा खालको हुन्छ । त्यसैले , कुनै पनि व्यक्तिले मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पहिले छालाको प्रकार अनुसार राम्रो खालको मोइस्चराइजर क्रिमको छनौट गर्नुपर्छ ।

-कुनै पनि मोइस्चराइजरको प्रयोग गर्दा  छालालाई विशेष ध्यान दिनु पर्छ । उदाहरणको लागि यदी छाला चिल्लो छ भने  आयल फ्रि वा सामान्य मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ । त्यस्तै, सामान्य प्रकारको छालामा सामान्य तथा सुख्खा छालामा आइल बेस्ड मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ ।

-मोइस्चराइजर लगाउने सही समय भनेको नुहाएर पछि हो । त्यस्तै, हात मुख धोएपछि पनि मोइस्चराईजर लगाउन सकिन्छ । हात मुखको सरसफाई पश्चात्त मोइस्चराईजर क्रिम प्रयोग गर्नाले उक्त क्रिम छालाको भित्री भागसम्म पुगेर छालालाई नरम बनाउँछ ।

-फोहर छालामा मोइस्चराइजर सिधै प्रयोग गर्नु हुँदैन ।  अन्यथा, फोहर तथा मैलो हातमा मोइस्चराईजर लगाउनाले पिम्पस हुन सक्दछ ।

-मोइस्चराईजरमा एसपीएफ प्रपर्टी भएमा यो छालाको लागि निकै राम्रो मानिन्छ । यसले छालालाई सुर्यको हानीकाकरक विकिरणबाट सुरक्षा प्रदान गर्दछ ।

-मोइस्चराईजरलाई औलाको सहायताले थोपा थोपा गरी लगाउनु पर्छ । त्यसपछि यसलाई गोलो आकारमा मसाज गरेर पूरै अनुहार तथा छालामा दल्नु पर्छ । यसले छालामा पोषण मिल्छ, जसले गर्दा छाला ‘ग्लो’ गर्छ ।

-मोइस्चराईजर क्रिमलाई अनुहार बाहेक घाटी , हात तथा खुट्टा समेत  लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment