+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुदूरपश्चिममा देउसी-भैलो खेल्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १३:०६

२७ कात्तिक, कैलाली । कोरोना संक्रमण भयावह अवस्थामा फैलिने खतरा बढेको भन्दै सुदूरपश्चिम प्रदेशमा देउसी-भैलो खेल्न रोक लगाइएको छ ।

प्रदेशमा रहेको ९ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले तिहारमा खेलिने देउसी-भैलोमा रोक लगाएका हुन् ।

‘सम्बन्धी जिल्ला प्रहरी कार्यालयहरूले यसको नियमन गर्नेछन् । हामीले सबै जिल्लामा देउसी-भैलो खेल्न नदिन निर्देशन जारी गरिसकेका छौँ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘निर्देशन पालना नगर्नेलाई कारबाही हुन्छ ।’

पहाडी जिल्लाहरूमा हुने मेला, जात पनि नगर्न प्रहरी निर्देशन दिएको छ । ‘प्रहरीको विशेष सुरक्षा रणनीति अनुसार देउसी-भैलो मात्रै होइन, भिडभाड हुने कुनै पनि गतिविधि नगर्न भनिएको छ,’ उनले भने ।

कैलालीमा बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सुरक्षा सतर्कता अपनाउन देउसी-भैलोमा खेल्न लगाइएको जानकारी दिए ।

‘देश भरी संक्रमण फैलिरहेको छ यस्तो अवस्थामा भिडभाड गर्दा अवस्था जटिल हुन सक्छ भनेर देउसी-भैलो खेल्न रोक लगाउने निर्णय गरिएको हो,’ उनले भने, ‘अटेरी गर्नेलाई कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?