Comments Add Comment

‘सिंगल्स डे’मा अलिबाबाको ७४ अर्ब डलरको व्यापार

Photo Credit : Reuters

२७ कात्तिक, काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाले बुधबारको ‘सिंगल्स डे’मा ७४ अर्ब डलरभन्दा धेरैको व्यापार गरेको छ । बुधबार मध्यरातमा सिंगल्स डे सकिएको केही समयमा नै बुधबारको तथ्यांक सार्वजनिक गरेको हो । जसअनुसार ४ खर्ब ९८ अर्ब २० करोड चिनियाँ युआन (करिब ७४ अर्ब १० करोड डलर)को व्यापार सिंगल्स डेको उक्त कार्यक्रममा भएको हो । प्रत्येक वर्षको नोभेम्बर ११ मा एकल मानिसहरुका लागि अलिबाबाले सिंगल्स डेको अवधारणा ल्याएको थियो । यो मितिमा चारओटा १ आउने भएकाले यसलाई सिंगल्स डेको रुपमा छानिएको हो । यद्यपि अहिले उक्त दिन अलिबाबामा विभिन्न अनलाइन योजनाहरु उपलब्ध हुन्छन् । अहिले अलिबाबाको सिंगल्स डे विश्वको सबैभन्दा ठूलो सपिङ कार्यक्रम बनेको छ ।

यसपटकको सिंगल्स डे मा अलिबाबाले अमेरिकी बिक्रेताहरुले ब्ल्याक फ्राइडेमा जस्तै व्यापारिक रणनीति अपनाएको थियो । गत वर्षको तुलनामा यस पटकको सिंगल्स डेको व्यापारमा २६ प्रतिशत वृद्धि भएको कम्पनीले बताएको छ । सन् २००९ मा अलिबाबाले पहिलोपटक सिंगल्स डे छूटको केही अवधारणा अघि सारेको थियो । अहिले यो कार्यक्रममा अन्य चिनियाँ ई–कमर्स प्लेटफर्महरुले पनि भाग लिँदै आएका छन् । अलिबाबाको अर्को प्रतिस्पर्धी जेडी डटकमको सिंगल्स डेको कार्यक्रम भने दुई सातासम्म चल्छ । यसपटक उक्र कार्यक्रममा ४१ अर्ब डलरको व्यापार भएको जेडी डटकमले बताएको छ । कम्पनीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको व्यापार ३३ प्रतिशत बढेको हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment