Comments Add Comment

म्यानमारको सेना समर्थित पार्टीद्वारा निर्वाचनको नतिजा अस्वीकार, पुनः निर्वाचनको माग

२७ कात्तिक, काठमाडौं । म्यानमारमा सेना समर्थित विपक्षी पार्टीले बुधबार यसै साता भएको निर्वाचन स्वच्छ नभएको भन्दै पुनः निर्वाचनको माग गरेको छ । अझै पनि म्यानमारमा मतगणना सकिएको छैन । तर, आङ साङ सुकीको पार्टीले भने यसअघि नै निर्वाचनमा भारी बहुमतसहितको जितको घोषणा गरिसकेको छ । म्यानमारमा सन् २०११ मा सत्ता सेनाको हातबाट सर्वसाधारणमा गएपछि भएको यो दास्रो आम निर्वाचन हो ।

गत आइतबार निरक्षणकर्ताहरुले मतदान निष्पक्षरुपमा सकिएको बताएका थिए । तर, आलोचकहरुले भने पारदर्शिताको कमी, धेरै मानिसहरुलाई मताधिकारबाट बञ्चित गरिनु र कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धले आङ साङ सुकीको एनएलडी पार्टीलाई सहयोग पुगेको बताएका छन् ।

विपक्षी पार्टी यूएसडीपीका प्रवक्ता विङ विङ औङले यो निर्वाचन स्वच्छरुपमा सम्पन्न नभएकाले निर्वाचन अस्वीकार गर्ने बताएका छन् । उनले धेरै अवैध मानिसहरुले पनि यो निर्वाचनमा भोट हालेको दाबी गरे । उनले भने, ‘हामी निर्वाचन आयोगसँग सेनाको सहकार्यमा सकेसम्म छिटो नयाँ मर्यादित निर्वाचन गराउन माग गर्छौं ।’

केही दर्जन मानिसहरुले राजधानी सह न्यपेतमा नयाँ स्वतन्त्र र स्वच्छ निर्वाचनको माग गर्दै प्रदर्शन पनि गरेका थिए । युनियन इलेक्सन कमिसनका प्रवक्ता मिइन्ट नाइङले यो निर्वाचन पारदर्शीरुपमा सम्पन्न भएको स्पष्ट पारेका छन् । उनले भने, ‘हामी पूर्वाग्रही भएका छैनौं । यो निर्वाचन स्वच्छरुपमा कानुनअनुसार सम्पन्न भएको छ ।’

निर्वाचन सुरु हुनुभन्दा पहिला नै विपक्षी यूएसडीपीले महामारीको कारण यो निर्वाचन रोक्न माग गरेको थियो । तर, सुकीले भने विपक्षीको माग अस्वीकार गरेकी थिइन् ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment