Comments Add Comment

प्रदेश २ को पूर्वतयारी : कोरोना विरुद्धको भ्याक्सिन व्यवस्थापन गर्न समिति गठन

२७ कात्तिक, जनकपुरधाम । निकट भविष्यमा आउने कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि प्रदेश २ ले पूर्वतयारी थालेको छ ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोनाविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि भन्दै समिति गठन गरेको छ ।

संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिबनाथ ठाकुरको संयोजकत्वमा गठन भएको भ्याक्सिन व्यवस्थापन समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झालाई सदस्यमा राखिएको छ ।

गठित समितिले निकट भविष्यमा आउने कोरोनाविरुद्वको भ्याक्सिनलाई व्यवस्थित गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

बिहीबारको बैठकले अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका ६ वटा अस्पतालमा २५ बेडका दरले जम्मा १५० बेडको उच्च निर्भरता कक्ष (एचडीयू) निर्माण गर्ने निर्णय समेत गरेको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले महामारी विरुद्धको तेस्रो चरणको तयारी स्वरुप पचास हजार भीटीएम र रिएजेन्ट खरिद गरिसकेको, पीसीआर ल्याव सञ्चालन गर्न बाँकी रहेको चार जिल्लामा यसै सातादेखि ल्याव सञ्चालनमा ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment