Comments Add Comment

पर्यटन क्षेत्रले गति लिन थाल्यो : मन्त्री भट्टराई

२९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् ।

आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानी नेतृत्वको टोलीसँग भएको भेटपछि उनले यस्तो बताएका छन् । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको उनले बताए ।

सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै विदेशी पर्यटकहरुको आगमन बढ्दै गएको उनले बताए ।

भेटपछि राजकुमार शेख मोहम्मदले छिट्टै आफू अर्को भ्रमणमा आउने समेत बताए । नेपालका हिमाय र गाउँहरु आफूलाई धेरै मनपर्ने उनले बताए ।

राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो । कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो हो ।

यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको गरेका छन् । कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गरेका थिए । टोलीमा पाँच नेपाली गाइडसहित १२ जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment