Comments Add Comment

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

कास्कीका ४ जना, काठमाडौं र ललितपुरका ३/३ जना, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, सुनसरी र सुर्खेतका एककक जनाको मृत्यु भएको छ ।

  • पोखरा महानगरपालिका-२६, कास्कीका ७२ वर्षीया महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१८, कास्कीका ४८ वर्षीय पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१४, कास्कीका ६३ वर्षीय पुरुषको शनिबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१४, कास्कीका ६३ वर्षीय पुरुषको शुक्रबार चरक अस्पतालमा मृत्यु भएको छ । उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ८५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर १७ गते अस्पताल पुगेका थिए ।
  • ललितपुरका ९८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी २९ गते मात्र अस्पताल भर्ना भएका थिए । उनमा कुनै अन्य रोग थिएन ।
  • ललितपुरका ८४ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । इन्ट्रा त्रलेनियल रक्तश्राव भएर २५ कात्तिकमा अस्पताल पुगेका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८३ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । निमोनिया, स्वासप्रश्वास र मुटुको समस्या भएर २० कात्तिकमा अस्पताल पुगेका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अरु रोग थिएन ।
  • काठमाडौंका ८४ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २६ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उच्च रक्त चाप र मधुमेहको समस्या पनि थियो ।
  • काठमाडौंका ८०वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २० कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • बराह-५, सुनसरीकी १९ वर्षीया महिलाको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको उनी सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
  • सिन्धुपाल्चोकका ५८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि २८ गते अस्पताल भर्ना भएका थिए । उनमा कलेजोसम्बन्धी रोग समेत थियो ।
  • नुवाकोटका ७४ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २५ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेहको रोग समेत थियो ।
  • वालिङ नगरपालिका-१४, स्याङ्जाका २४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
  • वीरेन्द्रनगर नगरपालिका-८, सुर्खेतका ६० वर्षीय पुरुषको शनिबार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ । २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा कठिनाइ भएपछि २४ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment