Comments Add Comment

क्रिकेट टिमले मंसिर दोस्रो साता मुख्य प्रशिक्षक पाउने

३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंसिर दोस्रो सातासम्म नयाँ मुख्य प्रशिक्षक पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा हुने जनाएको हो ।

शनिबार मुख्य प्रशिक्षकका लागि दाबेदार रहेका १२ जना प्रशिक्षकसँग अन्तर्वार्ता लिएपछि क्यानले नयाँ प्रशिक्षक घोषणा हुने मिति तय गरेको हो ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वयमा मुख्य प्रशिक्षकको घोषणा गरिने जनाएको छ । मुख्य प्रशिक्षक पदका लागि क्यानले सूचना प्रकाशित गरेकोमा कूल ७२ जनाले आवेदन दिएको र त्यसबाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गर्दै दोस्रो चरणमा अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छनोट गरिएको क्यानले जनाएको छ ।

अब अन्तर्वार्ता दिएका १२ मध्ये एक जना नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षक बन्नेछन् । क्यानले अहिलेसम्म क-कसले आवेदन दिए भन्ने नाम सार्वजनिक नगरे पनि पूर्व प्रशिक्षक पुबुदु दासानायकेदेखि डेव ह्वामोर र लान्स क्लुसेनरसम्मले आवेदन दिएको चर्चा छ ।

‍क्यानले तिहारअघि नै मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजर पदका लागि आवदेन दिनेहरुको अन्तर्वार्ता लिने जनाएको थियो । बाँकी पदका लागि भने तिहारपछि अन्तर्वार्ता लिने क्यानले जनाएको छ ।

क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षक, क्रिकेट म्यानेजर, जेनेरल म्यानेजरसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो ।

क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट, १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।

गत फेब्रुअरीमा नेपालमा भएको विश्वकप लिग २ अन्तर्गतको घरेलु सिरिजपछि तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment