
३० कात्तिक, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाकी २५ वर्षीया कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
यही कात्तिक २६ गते अस्पतालमा भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
डा. श्रेष्ठका अनुसार ती महिलामा अन्य कुनै पनि दीर्घ रोग थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4