+
+

स्थायी लेखा नम्बर लिनेको संख्या ३५ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३० गते ११:५६

३० कात्तिक, काठमाडौं । नेपालमा स्थानीय लेखा नम्बर लिने करदाताको सख्या ३५ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ९५ हजार ५ सय ४२ करदाता थप भएका छन् ।

यससँगै अब मुलुकभर करदाताको संख्या ३५ लाख ३३ हजार ३४ पुगेको हो । तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने छन् । यसरी प्यान नम्बर लिनेको संख्या २१ लाख ७ हजार २ सय ९२ पुगेको छ ।

सरकारले गत आर्थिक वर्षदेखि हरेक व्यक्तिले प्यान नम्बर अनिवार्य लिनुपर्ने प्रावधान ल्याएका कारण व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढेको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ३३ हजार ८ सय ४० जनाले स्थायी लेखा नम्बर लिएका छन् ।

यो अवधिमा व्यवसायीक लेखा नम्बर लिनेको संख्या भने ६० हजार ७ सय २४ रहेको छ । अब देशभर व्यवसायीक लेखा नम्बर लिने करदाता १४ लाख १९ हजार ६ सय ५८ पुगेका छन् ।

असोज मसान्तसम्मव्यवसायिक स्थायी लेखा नम्बर लिनेकाे संख्या १४ लाख १९ हजार ६५८, व्यक्तिगत स्याथी लेखा नम्बर लिनेकाे संख्या २१ लाख ७ हजार २९२ र · करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर  ६ हजार ८४ पुगेकाे छ ।

मूल्य अभिवृद्धि करमा २ लाख ६६ हजार

अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको संख्या भने २ ला ६६ हजार पुगेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० हजार ५ सय २२ करदाता भ्याटमा थपिएका छन् । उक्त अन्तःशूल्कमा दर्ता हुने करदाता समेत १ लाख नाघेको छ ।

असोज मसान्तसम्म कुल १ लाख ९१ करदाता अन्तःशूल्कमा दर्ता भएका छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको महामारीले परिस्थिति सहज नभएका कारण यो वर्ष करको दायरा बिस्तारको काममा भने प्रभाव परेको छ ।

करको दायरा बिस्तारका दृष्टिकोणबाट गत आर्थिक वर्ष भने सफल मानिन्छ । असोज मसान्तम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्थायी लेखा नम्बर लिने संख्या ७२.७ प्रतिशतले घटेको छ । मूल्य अभिवृद्धिमा दर्ता हुने ५१.४ प्रतिशत र अन्तशूल्कमा दर्ता हुने करदाता ५६.३ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?