३० कात्तिक,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टोलीका २५ खेलाडीसहित नेपाली टिमसबैको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
नेपालले शुक्राबार बंगलादेशसंग पहिलो मैत्रीपूर्ण खेल खेल्नुअघि एक खेलाडीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको पनि अहिले नेगेटिभ रिपोर्ट आएको एन्फाले जनाएको छ । उनी छिटै टिममा जोइन हुने एन्फाले जनाएको छ ।
शनिबार नेपाली खेलाडी लगायत सबैको कोरोना परिक्षण गरिएको थियो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अन्तर्गत नेपालले मंगलबार घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
यसअघि बंगबन्धु रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो ।
प्रतिक्रिया 4