
२ मंसिर, काठमाडौं । हङकङको फायर सर्भिस डिपार्टमेन्ट (एफएसडी) र बिल्डिंग्स डिपार्टमेन्ट (बीडी)ले ६० वर्षभन्दा पुराना करिब २५ सय डोमेस्टिक वाच कम्पोजिट भवनको अनुगमन गर्ने भएको छ । यस वर्षको अन्तिमसम्ममा सहरका सबै पुराना भवनहरुको अनुगमन गरिने चाइना डेल्लीले उल्लेख गरेको छ ।
आइतबार बेलुका हङकङको नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा ८ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएसँगै हङकङले ६० वर्षभन्दा पुराना सबै भवनको अनुगमन गर्ने भएको हो ।
उक्त नेपाली रेष्टुरेन्टको भवन पुरानो रहेको, एउटामात्र भर्याङ रहेको र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था नगरिएको पाइएको समाचारमा उल्लेख छ । साथै उक्त रेष्टुरेन्ट सञ्चालनको लागि प्रशासनसँग अनुमति पनि लिइएको थिएन ।
सोमबार हङकङकी नेतृ क्यारी लामले पनि आगलागी भएको क्षेत्रको भ्रमण गरेकी थिइन् । उनको भ्रमणसँगै हङकङले पुराना भवनहरुको अनुगमन गर्ने भएको हो ।
आगामी दिनमा हङकङका दुई डिपार्टमेन्टले पुराना भवनहरुमा आगलागी भएको अवस्थामा बाहिर निस्किने वा सजिलैसँग पुग्न सक्ने अवस्था छ कि छैन भन्ने अनुगमन गरिनेछ ।
स्रोत :चाइनाडेल्ली
प्रतिक्रिया 4