Comments Add Comment

यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’

बलिउड नायक सलमान खानको आजसम्मको करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम गरेकी बाल–कलाकारको नाम हो, हर्षाली मल्होत्रा । चलचित्र रिलिजको समयमा हर्षाली ७ बर्षकी थिइन् । उनलाई दर्शकले ‘मुन्नी’ नामले चिनेका थिए । आज पनि दर्शकले उनलाई ‘मुन्नी’ नै भन्ने गरेका छन् ।

यो चलचित्रमा काम गरेपछि चर्चामा रहेपनि हर्षालीले अरु चलचित्रमा काम गरेकी छैनन् । तर, हर्षालीले सामाजिक संजालमा शेयर गरेका केही तस्वीर अहिले चर्चामा छ ।

तस्वीर चर्चामा रहनुको मुख्यकारण हो, हर्षालीको फेरिएको रुप । हर्षालीले तिहारको शुभकामना दिदै भाइटिका लगाएको तस्वीर शेयर गरेकी छिन् ।

हर्षालीले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बजरंगी भाइजान’बाट बलिउडमा डेब्यू गरेकी थिइन्, जतिबेला उनी ७ बर्षकी थिइन् । उनी, ८ हजार बच्चाको बिचबाट यो चलचित्रका लागि छानिएकी थिइन् । हर्षालीको फेरिएको रुप देखेर उनका फ्यानहरुले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment