Comments Add Comment

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

३ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो ।

विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई मध्यनजर गरी नेपालमा तयारी गर्न आवश्यक समय समेतका लागि अहिले नै अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment