Comments Add Comment

मान्छेले जस्तै बोटबिरुवाले पनि कुराकानी गर्न सक्छन् ?

काठमाडौं । आफ्नो दुनियाँबाट पराया दुनियाँमा पुगेपछि सबैकुराहरू नौलो लाग्ने गर्छ । मानव गतिविधिलाई छाडेर हामी पशुपन्छीको जस्तो सुकै असामान्य व्यवहारलाई पनि चाख मानेर हेर्ने गर्छाैं । मान्छेको व्यवहारपछि हामीलाई पशुपन्छीको व्यवहार केही हदसम्म भिन्न लाग्ने गर्छ । तर पशुपन्छीबाट पनि माथि उठेर बोटबिरुवाको व्यावहारिक पक्षतिर लाग्यौं भने मान्छेले नयाँ दुनियाँ पत्ता लगाउँछ । यही नयाँ दुनियाँको खोजीमा छन् माइक्रोसफ्ट कम्पनीको ‘प्रोजेक्ट फ्लोसेन्स’ र सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरू ।

उनीहरू मान्छे र जनावरले जस्तै बोटबिरुवाले पनि आवाज पहिचान गर्ने र प्रतिक्रिया जनाउने गर्न सक्छन् ? भन्ने कुराको खोजीमा लागेका छन् ।

अनुसन्धानकर्ताहरूले धेरै हदसम्म बोटबिरुवाले बोल्न र सुन्न सक्ने कुरा पत्ता लगाएका छन् । बोटबिरुवामा प्रजनन् हुन्छ, अक्सिजन र कार्बनडाइअक्साइडको आदानप्रदान हुन्छ भने के बोटबिरुवाले एक आपसमा कुराकानी पनि गर्छन् होला त ?

हामीले बोलेको जनावरले सहजै प्रतिक्रिया जनाउँछन् तर जनावरले बोलेको हामीले बुझ्दैनौं । यस विषयमा अध्ययन गरेका वैज्ञानिकहरूले हामीमा जनावरले बोलेको बुझ्ने कोषिकाको विकास नभएकोले भाषा बुझ्न कठिन भएको निष्कर्ष निकालेका छन् ।

के बोटबिरुवाले एक अर्कासँग कुरा गर्छन् ?

धेरै मान्छेले यो शीर्षक पढेर छुट्टाछुट्टै धारणा बनाउन सक्छन् । किनकि हामीले बाल्यकालदेखि नै देखेका छौं कि बोटबिरुवाले एक अर्कासँग कुरा गर्ने गरेका हुँदैन । यस्तो हामीले कहिलै पनि सुनेको समेत छैनौं । तर वैज्ञानिकहरू यसैलाई पूर्ण सत्य मान्न सक्दैनन् ।

विज्ञान जहिले पनि परिवर्तनशील हुन्छ र यसको सिद्धान्तहरू पनि । धेरै अनुसन्धानहरूबाट तथ्यहरू बटुल्दा, यो कुराको पुष्टि भएको छ कि बोटबिरुवा पनि एकअर्कामा कुराकानी गर्छन् ।

न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार सिड्नी विश्वविद्यालयका डा. ग्याग्लियन्सले यस विषयमा धेरै अध्ययनहरु सार्वजनिक गरेका छन् । यसले के कुरा पुष्टि गरेको छ भने बोटबिरुवाहरू पनि धेरै हदसम्म बौद्धिक हुन्छन् । उनीहरूले आफ्नो जराको माध्यमबाट एक अर्कासँग कुराकानी गर्छन् र आफ्नो वरपरका आवाजलाई सुन्न पनि सक्छन् ।

केही वैज्ञानिकहरू यो पनि भन्छन् कि रूखहरू र बोटबिरुवाले एक अर्कासँग कुरा मात्र गर्दैनन्, उनीहरूले मानव र तिनीहरूको वरिपरिको सबै ध्वनिलाई सुन्न पनि सक्छन् । न्युयोर्क टाइम्सकै रिपोर्टमा बोटबिरुवाले खोला बगेको जस्तो आवाजहरू सुन्न सक्ने पत्ता लगाएको उल्लेख छ ।

मान्छे–बिरुवाको सञ्चार प्रयास

अहिले अर्काथरी वैज्ञानिकहरू मान्छे र बिरुवाबीचको संवाद सार्थक गराउने प्रयासमा छन् । त्यसकारण रूखहरू र बोटबिरुवा वरपरको वातावरणले उनीहरूको वृद्धिमा प्रत्यक्ष प्रभाव पार्छ । यसका साथसाथै बिरूवाहरूले अन्तक्र्रिया गर्न धेरै प्रकारका संकेतहरू पनि प्रयोग गर्छन् ।

बोटबिरुवाको कुरा सुन्न सकिएला ?

यदि साँच्चै बोटबिरुवाहरू आपसमा कुराकानी गर्छन् भने उनीहरूको कुराकानी सुन्नु कत्तिको आनन्ददायक हुन्थ्यो होला ? अहिले वैज्ञानिकहरूले एउटा उपकरण निर्माण गरेका छन्, जसबाट हामी रूख र बोटबिरुवाको कुरा सुन्न सक्छौं भन्ने उनीहरूको दाबी छ । यस उपकरणको माध्यमबाट हामी बोटबिरुवाको भाषा र यो संकेतहरू उत्प्रेरित गर्ने तरिकाको बारेमा जान्न सक्नेछौं भन्ने निर्माण पक्षको दाबी छ ।

माइक्रोसफ्टले बनाएको यो विशेष उपकरणको नाम ‘प्रोजेक्ट फ्लोरेन्स’ हो । बोटबिरुवाहरूबारे कुरा गर्ने तरिका बुझ्नको लागि यो डिभाइस तयार पारिएको माइक्रोसफ्टले जनाएको छ । तपाईं बोटबिरुवासँग सिधा यस उपकरणमार्फत कुरा गर्न सक्नुहुन्छ ।

यो उपकरणले प्रकाश स्पेक्ट्रमको आधारमा प्रकाशका धेरै तरंगहरूमा विभाजन गर्छ र निर्धारित तीव्रता अनुपातको आधारमा बोटबिरुवाको कुराकानीलाई कैद गर्न सकिन्छ भन्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका हुन् ।

यसबाहेक इलेक्ट्रो रासायनिक संकेतमा आधारित भएर बिरुवालाई हाम्रो सन्देश पठाउन सकिन्छ । त्यसो त सो उपकरणको विकास बिस्तारै गरिँदैछ । त्यसैले यसको दक्षताको बारेमा धेरै उल्लेख गर्न सक्ने अवस्था छैन ।

धेरै सूक्ष्म तरिकाले वैज्ञानिकहरूले वातावरणसँगै बोटबिरुवाको सम्बन्ध बुझ्ने कोसिस गरिरहेका छन् । ताकि ती व्यक्तिहरूले सकेसम्म बिरुवासँग कुरा गर्ने तरिकाको विश्लेषण गर्न सकून् ।

जनावरहरू एक अर्कासँग कसरी कुरा गर्छन् ?

वैज्ञानिकहरू विश्वास गर्छन् कि बोटबिरुवा र मान्छेले जस्तै जनावरहरुले समेत एक अर्कामा कुराकानी गर्न सक्छन् । तर उनीहरुले कुराकानी गरेको बुझ्न सक्ने कोषको विकास हाम्रो शरीरमा नभएको हुन सक्ने वैज्ञानिकहरू बताउँछन् । यद्यपि, अन्य जीववैज्ञानिकहरू यो पनि भन्छन् जनावरको शरीरको विभिन्न अंगले सांकेतिक रूपमा मान्छेसँग कुराकानी गर्छन् ।

सबै जना जान्दछन् कि जनावरहरूले मुखबाट आवाज निकाल्न सक्छन् । तर किन जनावरहरू हामी जस्तो कुरा गर्न सक्दैनन् ? यसको एउटै उत्तर हो पशुहरूको ध्वनि मानिस जस्तो कुरा गर्न पर्याप्त लचिलो हुँदैन ।

जनावरहरू पनि एक अर्कासँग कुरा गर्छन्

जब हामी बोल्छौं त्यसको लागि हाम्रो शरीरका धेरै मांसपेशीहरू सक्रिय हुन्छन् । हाम्रो श्वासप्रणालीमा उपस्थित अधिकांश अंगहरूले हाम्रो बोलीलाई टोनमा रूपान्तरण गरेर भाषामा परिणत गर्छ । त्यसकारण बोल्ने समयमा हामी हावाको सहयोगबिना शब्दहरू उच्चारण गर्न सक्दैनौं । यसबाहेक हाम्रो भ्वाइस बाकसमा रहेको ‘भोकल तार’ जुन हामीले हावाको चापले हल्लाउन सक्छौं, त्यसले हाम्रो दिमाग अनुसार शब्दहरूको गहनता बदल्न सक्छ तर जनावरहरूले यो गर्न सक्दैनन् । जे होस् उनीहरूले आफ्नो भोकलमा नियमित र स्थिर कम्पन उत्पादन गर्न सक्दैनन्, जसको कारण उनीहरूले आवाज निकाल्न सक्छन् तर बोल्न सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment