+
+
Shares

मन्त्रिपरिषदको निर्णय :  सेनामा बढुवादेखि मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जनासम्म

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते २१:२६
फाइल तस्वीर

३ मंसिर, काठमाडौं । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका सहायकरथी सन्तोषकुमार ढकालसहित चार जना सेनानीहरुको बढुवा र सुरुवासम्बन्धी निर्णय गरेको छ । साथै, बैठकले विभिन्न २५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ ।

यसअघि राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको सूची सूची ६ महिना पूरा भएकाले पुनः राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको हो । पहिलेको सूचीमा ह्याण्ड स्यानिटाइजर बनाउने उद्योग, मास्क बनाउने उद्योग आदिलाई पनि अत्यावश्यक सेवा अन्तरगत पारिएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा खासै धेरै एजेण्डाहरु नरहेको एक मन्त्रीले जानकारी दिए । केही मन्त्रालयका नियमित प्रस्तावबाहेक अरु खासै निर्णयहरु मन्त्रिपरिषदबाट नभएको ती मन्त्रीले बताए । बैठकले मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जना गर्ने निर्णयसमेत भएको स्रोतले बतायो ।

प्रधानमन्त्री कार्यालयले दिउँसो १ बजे सचिवालयसँग जुध्ने गरी क्याबिनेट बैठक राखे पनि अन्ततः साँझमा बसेको बैठकमा त्यस्तो महत्वपूर्ण प्रस्तावहरु केही पनि नआएको, प्रधानमन्त्रीले केही पनि सम्वोधन नगरेको र छोटो समयमै बैठक सकिएको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?