Comments Add Comment

निकिशालाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

४ मंसिर, काठमाडौं । निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यबहार गर्नेलाई कारबाही गर्न यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपाल र निलहिरा समाजले माग गरेका छन् ।

दुई संस्थाले बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार र हकलाई कुण्ठित गरिएको भन्दै कारबाहीका लागि प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेको छ ।

निकिशा ‘एलजीबीटीआईक्वी’ समुदायकी हुन् । केही दिन अगाडि उनलाई सडकमै केही युवाहरुले दुर्व्यबहार गरी भिडियो बनाएर फेसबुकमा हालेका थिए ।

भिडियो ‘सफिल’ नामको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको थियो । ब्यापक विरोध भएपछि हाल उक्त एकाउन्ट प्रयोगकर्ताले भिडियो हटाएका छन् । भिडियो अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

यो पनि पढ्नुहोस निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment