+
+

निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १४:०६
फाइल तस्वीर

४ मंसिर, काठमाडौं । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनाको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।

साइबर ब्युरोले अनुरोध गरेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरले विशेष जोशीलाई पक्राउ गरेको हो ।

भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार प्रारिम्भक सोधपुछका क्रममा उनले आफूले भिडियो अपलोड मात्र गरेको भनेका छन् । थप अनुसन्धानका लागि जोशीलाई ब्युरोमा पठाउने तयारी भक्तपुर प्रहरीको छ ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । त्यही अनुसार.जोशीलाई पक्राउ गरिएको हो ।

घटनामा दुर्व्यवहार गर्ने व्यक्ति अझै पक्राउ परेका छैनन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?