+
+

युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १२:४३

बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् ।

भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् ।

उनले भिडियोमा सुशान्तको निधनपछि अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको समेत आरोप लगाएका छन् ।

सिद्दिकीले आफ्नो युटुब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुशी नभएको पनि आरोप लगाएका छन् । भारतीय मिडियाका अनुसार, सुशान्तको निधनपछि उनको बिषयमा भिडियोहरु तयार पारेर ४ महिनामा राशिदले १५ लाख भन्दा बढी कमाएका छन् ।

२५ बर्षका राशिद बिहारमा बसेर एफएफ न्यूज नामबाट युटुब च्यानल संचालन गरिरहेका छन् । अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानबिनमा सहयोग गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?