Comments Add Comment

पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

५ मंसिर, पोखरा । पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो र शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई निमोनिया समेत भएको थियो ।

पोखरा महानगरपालिका-२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दे गाउँपालिका-४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment