Comments Add Comment

निजगढ विमानस्थलको गुरुयोजना बनाउने कम्पनीको टुंगो लाग्यो

५ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको छ । प्राधिकरणले शुक्रबार लेटर अफ इन्टेन्ट जारी गर्दै निजगढ विमानस्थलको गूरुयोजना र भैरहवा विमानस्थलको समानान्तर ट्याक्सी वे निर्माणको परामर्शदाताको टुंगो लागेको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार निजगढ विमानस्थलको अध्यावधिक गुरुयोजना निर्माणको जिम्मेवारी सीजी इन्फ्राटा-बीडीएले पाएको छ । गुरुयोजना निर्माणको प्रयोजनका प्राधिकरणले मागेको आसयपत्रमा १ दर्जन कम्पनी इच्छुक देखिएका थिए । त्यसबाट ६ वटा कम्पनीको सर्ट लिस्टिङ गरिएको थियो ।

६ वटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो । सो क्रममा तीन वटा कम्पनीबाट प्रस्ताव परेको थियो । विस्तृत प्रस्ताव बुझाएका मध्ये सबैभन्दा कम मूल्य कबुल गरेको सीजी इन्फ्राटा-बीडीए छनोट भएको हो ।

प्राधिकरणका अनुसार यो कम्पनीले २९ करोड ८९ लाख ९० हजार रुपैयाँमा गुरुयोजना निर्माणको जिम्मा पाएको हो । यसअघि गत असोजमा निजगढ विमानस्थल निर्माणलाइ गति दिने सन्दर्भमा पर्यटन मन्त्रालयले गूरुयोजना निर्माण गर्न कम्पनी छनोटको काम अबिलम्ब सक्न प्राधिकरणलाई निर्देशन दिएको थियो । सीजी इन्प|mाटा-बीडीए जेभीले नेपाली कम्पनी जोशी एशोसिएटसँगको समन्वयमा काम गर्नेछ ।

उता, शुक्रबार नै प्राधिकरणले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको साविकको धावनमार्गलाई समानान्तर ट्याक्सीवे बनाउन आवश्यक डिजाइन तथा सुपरभिजनका लागि समेत परामर्शदाता छनोट गरेको छ ।

कुल २४ करोड ४० रुपैयाँमा परामर्श सेवा उपलब्ध गराउने गरी सिंगापुरको मिन्हार्ट लिमिटेडले जिम्मा पाएको छ । नेपाली कम्पनी कार्ड कन्सल्ट र नेपाल कन्सल्टसँगको समन्वयमा यो कम्पनीले गौतमबुद्ध विमानस्थलको ट्याक्सी वे निर्माणमा परामर्श सेवा दिनेछ ।

निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलमा अहिले आन्तरिक उडानमा प्रयोग भइरहेको धावनमार्गलाई पुननिर्माण गरी समानान्तर ट्याक्सी-वे बनाइने छ । नयाँ धावनमार्गबाट भने जहाजहरुको उडान-अवतरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment