+

२२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइयो, प्रशिक्षकमा टमाटा

२०७७ मंसिर  ५ गते २०:०६ २०७७ मंसिर ५ गते २०:०६
२२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइयो, प्रशिक्षकमा टमाटा

५ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो सातादेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सार्वजनिक गरेको छ । क्यानले राष्ट्रिय टिमका व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै २२ खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका २० र थप दुई गरी २२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिने भएको हो । सेन्ट्रल कन्ट्रयाक्टमा नभएकामध्ये किशोर महतो र भुवन कार्कीलाई पनि सूचीमा राखिएको छ ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै तथा हालको अवस्थामा नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपाय एवं सुरक्षा नीतिको अबलम्बन गर्दै मंसिर १० गतेदिख काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ ।

प्रशिक्षणका लागि मंसिर ८ गते पिसिआर परिक्षण गरिने भएकोले छनोट भएका २२ खेलाडीलाई र प्रशिक्षकलाई उक्त मितिभित्र क्यानमा सम्पर्कमा आउन पनि सूचित गरिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आउने खेलाडीहरुलाई मात्र बन्द प्रशिक्षण शिविरमा समावेश गरिने पनि क्यानले जनाएको छ ।

यी हुन् बन्द प्रशिक्षणका लागि छानिएका खेलाडी

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी ( उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की ।

जगत टमाटा (प्रशिक्षक)

कोरोना भाइरस क्रिकेट खेलकुद नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय