News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीले भदौ २३ देखि २८ सम्म काठमाडौंको चुनिखेलमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट आयोजना गर्नेछ।
- १० ओभरको खेलमा १० टिमले प्रतिस्पर्धा गर्ने र शीर्ष चार टोलीले सेमिफाइनलमा प्रवेश गर्ने व्यवस्था छ।
- प्रतियोगिताको पुरस्कार रकम र टिम खरिद लागतबारे केही दिनमा जानकारी दिइनेछ।
१२ काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारमा इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।
आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए ।
१० ओभरको खेल हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्कमा उक्त लिग हुनेछ ।
सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् । विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशीको व्यवस्था गरिएको छ ।
यद्यपी पुरस्कार रकमबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने जनाएको छ । लिगको टेक्निकल डिरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए ।
एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ ।
क्याटेगोरीको ‘ए’ खेलाडीलाई १५ देखि २५ हजार, ‘बी’ खेलाडीलाई १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीलाई ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए ।
प्रतियोगिताका डिरेक्टर ज्योति भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फर्म्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए ।
प्रतिक्रिया 4