News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरसँग सन् २०२७ सम्मको नयाँ सम्झौता गरे।
- उनी साउदी प्रो लिगमा १०५ खेलमा ९३ गोल र १९ एसिस्ट गरेका छन्।
- उपाधिको अभावले रोनाल्डोको भविष्यबारे प्रश्न उठाएको थियो, तर उनीहरू पुनः सहमति भएका छन्।
१२ असार, काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अझै २ वर्ष साउदी क्लब अल नासरबाट नै खेल्ने भएका छन् । क्लबसँग उनले सन् २०२७ सम्मका लागि दुई वर्षको नयाँ सम्झौता गरेका हुन्।
क्लबले बिहीबार यसबारे जानकारी दिएको हो। अब यो सम्झौतासँगै पोर्चुगिज फरवार्ड रोनाल्डो ४२ वर्ष पार गरेपछि पनि क्लबमै रहनेछन्।
रोनाल्डो सन् २०२३ को विन्टरमा क्लबमा आबद्ध भएका थिए। साउदी प्रो लिगमा उनले ७७ खेल खेल्दा ७४ गोल र १६ एसिस्ट गरेका छन्।
उनी अल नासरमा आबद्ध भएयता सबैखाले प्रतियोगितामा गरी १११ खेल खेलेका छन्, जसमा उनले ९९ गोल गर्नाका साथै १९ एसिस्ट पनि गरेका छन्।
यद्यपी साउदीमा रोनाल्डोको मुख्य चुनौती भनेको ठूला उपाधिको अभाव रह्यो। हालसम्म उनले क्लबका लागि केवल अर्ध-आधिकारिक अरब क्लब च्याम्पियन्स कप मात्र जितेका छन्।
उपाधि खडेरीकै कारण रोनाल्डोको भविष्यबारे प्रश्न उठ्न थालेको थियो, जसका बीच उनले एकपटक सामाजिक सञ्जालमार्फत “कथा सकिएको” भन्ने संकेतसमेत दिएका थिए।
तर अन्ततः क्लब र रोनाल्डो दुवैबीच समझदारी बनेको छ, र अब उनीहरू पुनः एकसाथ आफ्नो यात्रा अगाडि बढाउने भएका छन्।
प्रतिक्रिया 4