Comments Add Comment

राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा हतकर नियुक्त

७ मंसिर, काठमाडौं । यही मंसिर १० गतेदेखि सुरु हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फिटनेस ट्रेनर नियुक्त गरेको छ । क्यानले भारतीय आशय हतकरलाई बन्द प्रशिक्षण शिविरका लागि फिटनेस ट्रेनरको रुपमा नियुक्त गरिएको जनाएको छ ।

हतकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच रहेर काम गरिसकेका छन् । फिटनेस क्षेत्रमा उनको १२ वर्षको अनुभव रहेको छ ।

क्यानले बन्द प्रशिक्षणका लागि यसअघि नै २२ खेलाडीको सूची सार्वजनिक गरिसकेको छ र मंसिर ८ गते सबैको कोरोना पिसिआर परिक्षण गरिने छ । पिसिआर नेगेटिभ आउनेलाई मात्रै प्रशिक्षणमा समावेश गरिने क्यानले जनाएको छ ।

क्यानले मंसिर दोस्रो साता राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाउने यसअघि जनाइसकेको छ । यद्यपी बन्द प्रशिक्षणका लागि भने जगत टमाटालाई प्रशिक्षण तोकिएको छ ।

कोरोना भाइरस महामारीले गर्दा नेपाली क्रिकेट टिमले लामो समयदेखि प्रशिक्षण गर्न पाएका छैनन् । तर सरकारले खेलकुद प्रशिक्षणका लागि अनुमति दिएपछि क्यानले आगामी  अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै बन्द प्रशिक्षण शिविर संचालन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment