Comments Add Comment
प्रिमियर लिग :

सिटीलाई हराउँदै टोटनहम शीर्ष स्थानमा उक्लियो

७ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटीलाई पराजित गर्दै टोटनहम हट्सपर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनहमले सिटीलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै हेउन मिन सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा सिटीले बराबरी गोल फर्काए पनि भिएआरले त्यसलाई मान्यता दिएन । एमरिक लापोर्टोको गोलले मान्यता नपाउँदा सिटीले बराबरीको अवसर गुमायो ।

६५औं मिनेटमा जिओभानी लो सोल्सोले गोल गर्दै टोटमहमको अग्रता दोब्बर पारेका थिए । जितपछि ९ खेलबाट २० अंक जोड्दै टोटनहम शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १९ अंक रहेको चेल्सी दोस्रो स्थानमा छ । ८ खेलबाट १२अंक रहेको सिटी भने ११औं स्थानमा छ ।

लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टब्रुमलाई १-० ले पराजित गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

५६औं मिनेटमा भिएआरको मद्दतमा प्राप्त पेनाल्टीमा ब्रुनोले गोल गरेका हुन् । पहिलो पटक पेनाल्टी हान्दा ब्रुनोले गोल गर्न सकेका थिएनन् । तर वेष्टब्रुमका गोलकिपर पेनाल्टी हान्दा लाइन अगाडि बढेकोले युनाइटेडले फेरि पेनाल्टी हान्ने अवसर पायो र ब्रुनोले गोल गरे ।

यस सिजन चौथो जित हात पारेको युनाइटेड ८ खेलबाट १३ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment