Comments Add Comment

कोरोना खोपको मूल्य ३७ डलरसम्म पर्न सक्छ : मोडेर्ना

७ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीका सीईओ स्टेफान बान्सेलले बताएका छन् । उनका अनुसार यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो । फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने गरेको उनको भनाइ छ ।

यसअघि गत सोमबार मोडर्नासँगको वार्तामा सहभागी ईयूका अधिकारीहरुले युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको बताएका थिए । यद्यपि बान्सेलले भने अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् ।

मोडेर्नाले आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४ दशमलव ५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment