Comments Add Comment

सुदूरपश्चिममा ९० दिनको माग धान्ने पेट्रोलियम भण्डारण गृह बन्ने

८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले ९० दिनको पेट्रोलियम भण्डारण डिपो निर्माण गर्न सुदूरपश्चिम प्रदेशमा अध्ययन थालेको छ । हरेक प्रदेशमा ९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारण गृह बनाउने सरकारी नीति बमोजिम प्रदेशमा पेट्रोलियम भण्डारण गृह बनाउन प्रस्तावित क्षेत्रको उद्योग मन्त्रीसहितको टोलीले आइतबार अध्ययन अवलोकन गरेको हो ।

नयाँ भण्डारण गृह बनाउन कैलाली जिल्लाको गोदाबरी नगरपालिकास्थित शिवशक्ति महिला सामुदायिक वनको ३० बिगाह जमिनमा प्राप्त गर्ने निगमको प्रारम्भिक तयारी छ । उद्योगमन्त्री भट्ट र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितको टोलीले अवलोकन गरेपछि जग्गा प्राप्तिको थप प्रक्रिया अघि बढाइएको निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ ।

सुरक्षा, जमिनको भौगोलिक बनावट लगायतको हिसाबले उक्त क्षेत्र उपयुक्त रहेको निगमको प्रादेशिक कार्यलयले जनाएको छ । सामुदायिक वनको जग्गामा भण्डारण गृह बनाउन दिन सामुदायिक वनको सहमतिपछि वन मन्त्रालयको स्वीकृति दिनु पर्छ भने त्यसलाई मन्त्रिपरषद्ले स्वीकृत गर्नु पर्छ ।

भण्डारण गृह निर्माणकालागि प्रस्तावित जमिनमा सहमति जुटे जग्गा खरिदमा खर्च हुने निगमको ठूलो धनराशी जोगिने निगमको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment