+
+
Shares

कर दिवसमा कैलाश हेलिकोप्टर सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते ९:३७

८ मंसिर, काठमाडौं । नवौं राष्ट्रिय कर दिवसमा कैलाश हेलिकोप्टर सर्भिसेज सम्मानित भएको छ ।

कैलाश हेलिकोप्टरले आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको क्षेत्राधिकारका करदातामध्ये आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो ।

प्रमुख कर अधिकृत मित्रलाल अधिकारीले कैलाश हेलिकोप्टर सर्भिसेजका प्रबन्ध र्निदेशक प्रतापजंग पाण्डेलाई सम्मानपत्रका साथै दोसल्ला ओढाई सम्मान गरेका थिए ।

सम्मानपछि पाण्डले कम्पनीलाई दुर्गम क्षेत्रमा उद्धार, पर्यटन लगायतका सेवामा लागिरहन सरकारको सम्मानले हौसला मिलेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?