
८ मंसिर, काठमाडौं । पर्सामा कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका-४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साह रहेका छन् ।
कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारका लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4