Comments Add Comment

हङकङले कोरोना संक्रमित विपन्न नागरिकलाई राहत दिने

८ मंसिर, काठमाडौं । हङकङले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका आफ्ना नागरिकहरुलाई पाँच हजार हङकङ डलर राहत दिने भएको छ । हङकङका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमण बढेसँगै संक्रमणको कारण आफ्नो आम्दानी गुम्न सक्ने अवस्थामा पुगेका मानिसहरुलाई उक्त राहत प्रदान गरिने बताएका हुन् । हङकङमा कोरोना संक्रमणको चौथो लहर चलिरहेको अवस्थामा सरकारले यस्तो घोषणा गरेको हो । हङकङले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै यस्तो योजना अघि सारेको हो । हङकङले कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य गर्नेदेखि परीक्षणका लागि मानिसहरुलाई प्रेरित गर्नेसम्मका कामहरु गरिरहेको छ ।

हङकङको फुड एण्ड हेल्थ सेक्रेटरी सोफिया चाङ सिउ–चीले अहिले अघि सारिएको राहतको योजना कम आयस्तर भएका मानिसहरुलाई लक्षित गरी ल्याइएको बताइन् । उनका अनुसार संक्रमण भएर क्वारेन्टिनमा बस्दा तलब गुमाएर आर्थिक समस्या उत्पन्न हुने मानिसहरुले यो सेवा पाउनेछन् । लेबर एण्ड वेलफेयरका अण्डर सेक्रेटरी जोनाथल हो काइ मिङले यो योजनाको सम्मान गर्न आग्रह गरेका छन् । उनले सबै मानिसहरुलाई यो योजनाको दुरुपयोग नगर्न आग्रह गरेका हुन् । लेबर एण्ड वेलफेयरका अनुसार बिरामी बिदाको तलब नपाउने मानिसले मात्र यो योजनामा भाग लिन पाउने बताएको छ । विशेषगरी यो योजना ट्याक्सी चालक र स्वरोजगार व्यवसाय भएका मानिसहरुका लागि महत्वपूर्ण हुन सक्ने बताइएको छ ।

स्रोत : साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment