Comments Add Comment

रोकी राखेको बसमा ट्रक ठोक्किँदा ट्रक चालकको मृत्यु

९ मंसिर, काठमाडौं । कपिलवस्तुमा सडकमा रोकी राखेको बसमा भारतीय नम्बर प्लेटको ट्रक एक्कासी ठोक्किन पुग्दा ट्रक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा यूपी ४२ बीटी २३९१ नम्बरको भारतीय ट्रकका चालक भारत अयोध्या दर्शननगर बस्ने ६० वर्षीय मुन्नीलाल चौहान रहेका छन् ।

बुद्धभूमि नगरपालिका-२ गोरुसिंङ्गे जंगलस्थित सडकमा ना.८ ख २५२५ नम्बरको रोकी राखेको बसमा मंगलबार बिहान सो ट्रक एक्कासी ठोक्किन पुग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट घाइते भएका बसका चालक बाँके राप्ती सोनारी गाउँपालिका-४ अगैया बस्ने २४ वर्षीय कमल परियार लगायत ४ जना घाइते भएका छन् । घाइते सबै जनाको गोरुसिंङ्गेस्थित बुद्ध पोलिक्लिनिकमा उपचार गरिएको र उपचार  पश्चात उनीहरु डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment