Comments Add Comment

बानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार ठोक्किए

१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार आपसमा ठोक्किएका छन् । गएराति भएको यो दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् ।

गएराति करिब साढे १० बजे बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ गइरहेका थिए । बानेश्वर चोकबाट करिब २ सय मिटर टाढा शान्तिनगर नजिक ती गाडीहरु विपरीत दिशाबाट आइरहेको बा ३ ख ८३९६ नम्बरको बससँग ठोक्किए ।

यो दुर्घटनामा टिपर चालक दोलखाको साविक शैलुंगेश्वर गाविस घर भई हाल नरेफाँट बस्ने ३२ वर्षीय दीपक तामाङ घाइते भएका छन् । प्रहरीका अनुसार उनी बोल्न सक्छन् तर दुवै खुट्टा भाँचिएका छ्न् । उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

कार चालक धुलिखेल बस्ने ३२ वर्षीय विनय श्रेष्ठ नयाँबानेश्वर प्रहरी वृत्तको हिरासतमा छन् । बस चालक फरार छन् । बसमा यात्रुहरु थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment