Comments Add Comment

फर्नान्डेजको दुई गोलमा युनाइटेडको जित, पीएसजीले लाइपिजगलाई हरायो

१० मंसिर, काठमाडौं । ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूहचरणको खेलमा टर्किस क्लब इस्तानबुल बसाकसेयरलाई ४-१ ले पराजित गरेको छ । युनाइटेडले यसअघि टर्कीमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ब्रुनो फर्नान्डेजले खेलको सातौं र १९औं मिनेटमा गोल गर्दै युनाइटेडले सुरुमै दुई गोलको अग्रता दिलाए । ३५औं मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमा गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३-० को अग्रता लियो ।

७५औं मिनेटमा बसाकसेयरका लागस डेनिज टुरसले गोल फर्काएका थिए । तर इन्जुरी टाइममा ड्यानिएल जेम्सले गोल गरेपछि युनाइटेडले सहज जित हात पारेको हो ।

जितपछि ४ खेलबाट ९ अंक जोड्दै युनाइटेड समूह एचको शीर्ष स्थानमा छ । समान खेलबाट ३ अंक रहेको बसाकसेयर चौथो स्थानमा छ ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएजीले पनि जर्मन क्लब आरबी लाइपजिगलाई १-० ले पराजित गर्दै यसअघिको हारको बदला लिएको छ । पिएसजीलाई साँघुरो जित दिलाउन नेमारले एक गोल गरे । खेलको ११औं मिनेटमै नेमारले पेनाल्टीमा गरेको गोल ३ अंक जोड्न निर्णायक बनेको हो ।

समूहमा दोस्रो जित हात पारेको पिएसजी ४ खेलबाट ६ अंक जोड्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । समान अंक भए पनि गोलअन्तरमा पछि रहेको लाइपजिग तेस्रो स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment