
१० मंसिर, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।
सप्तरीको राजविराज–४ घर घएका ५० वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । ती पुरुषमा पहिलेदेखि नै कलेजो सम्बन्धी समस्या पनि रहेको अस्पतालको भनाइ छ ।
उनमा यही मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4