Comments Add Comment

पलासे दुर्घटना : ठक्कर दिने जिपका चालक पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले सडक दुर्घटनाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार बस्ने २४ वर्षीय अर्जुन विक रहेका छन् ।

बनेपाबाट काठमाडौं आउने क्रममा विकले चलाएको जिपले गत मंसिर ५ गते ठक्कर दिँदा भक्तपुर नगरपालिका–९ पलासेका ६५ वर्षीया ललितकुमारी कार्कीको मृत्यु भएको थियो । बाटो क्रस गर्ने क्रममा जिपले पलासेमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भक्तपुरस्थित डा. इवामुरा अस्पताल लगिएको थियो । तर सो अस्पतालले थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएपनि मंसिर ६ गते चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

कार्कीलाई ठक्कर दिने गाडी र चालक भने फरार भएका थिए ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले इलाका प्रहरी कार्यालय सिराहासँग समन्वय गरी ठक्कर दिने प्रदेश २–०१–००१ च ०१८० नम्बरको जिपसहित विकलाई नियन्त्रणमा लिएको हो ।
जिपसहित जिपका चालक विकलाई बुधबार महानगरीय वृत्त जगाती भक्तपुरमा ल्याई सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment