
१० मंसिर, काठमाडौं । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साह रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4