Comments Add Comment

इस्को कहिलेसम्म रियलमा रहन्छन् थाहा छैन : जिदान

१० मंसिर, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन दानले मिडफिल्डर इस्को रियलकै खेलाडी रहेको बताएका छन् । तर कहिलेसम्म उनी क्लबमा हुन्छन् भन्ने थाहा नभएको जिदानको प्रतिक्रिया छ ।

यस सिजन इस्कोले रियल पहिलो रोजाईमा स्थान बनाउन संघर्ष गरिरहेका छन् । यसैबेला प्रशिक्षक जिदानले इस्को कहिलेसम्म रियलको टिममा रहन्छन् भन्ने यकिन नभएको घोषणा गरे ।

गत साता स्पेनिस अनलाइन मार्काले इस्कोले जनवरीमा रियल छाड्न चाहिरहेको खबर सार्वजनिक गरेको थियो । इस्को बढी समय खेल्नका लागि क्लब खोजिरहेका छन् । तर फ्रेन्च प्रशिक्षक जिदानले इस्कोसंग आफू खुशी रहेको बताएका छन् ।

‘इस्को हाम्रो खेलाडी हो’  च्याम्पियन्स लिगअन्तर्गत इन्टर विरुद्धको खेलअघि जिदानले भने, ‘मलाई थाहा छैन कति लामो समय हुनेछ तर उनी हाम्रा हुन् । उनीसंग हामी खुशी छौँ ।’

इन्टर विरुद्ध उसैको मैदानमा हुने खेलमा रियलका कप्तान सर्जियो रामोस हुने छैनन् । उनले चोटका कारण ला लिगामा भिल्लारियलविरुद्धको खेल पनि गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment