Comments Add Comment

नेपाल भारत मित्रता कसरी अगाडि बढाउने भन्ने छलफल गर्छु : विदेश सचिव श्रृंगला

११ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् ।

श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुसी लगेको बताए ।

यसअघि पनि नेपाल आएको तर परराष्ट सचिवको रुपमा पहिलो भ्रमण भएको उनले बताए ।

सचिव श्रृंगलाले अघि भने, ‘भारत र नेपाल निकतटम मित्र हो । मेरो निकै मिटि हुन्छ आज । हामी निकतटम मित्रतालाई कसरी अगाडि बढाउने भनेर कुरा गरौंला ।’

उनका अनुसार भोलि गोरखा र मनाङको भ्रमणमा पनि जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment