Comments Add Comment

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु

Photo Credit : CAN

११ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । नेपाल क्रिकेट संघ क्यानले टिमको बन्द प्रशिक्षण सुरु गरेको हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको प्रशिक्षणमा पीसीआर नेगेटिभ आएका खेलाडीहरुले प्रशिक्षण सुरु गरेका हुन् । पहिलो दिन खेलाडीहरुले मैदानमा स्ट्रेचिङ गरेका थिए ।

खेलाडीहरुलाई जगत टमाटाले प्रशिक्षण गराउने छन् । यस्तै भारतीय ट्रेनर आशय हतकर पिटनेस ट्रेनरको रुपमा बन्द प्रशिक्षणमा नेपाली टोलीसँग रहनेछन् ।

नेपाल झण्डै ९ महिनापछि आधिकरिक रुपमा सामूहिक प्रशिक्षण गरेको हो । यसअघि नेपालले गत मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न कप टी२० प्रतियोगिता खेलेको थियो । त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालले खेल्ने तालिका रहेको अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित भए भने प्रशिक्षण पनि हुन सकेन ।

लामो समय खेल्न र प्रशिक्षण गर्न नपाएका क्रिकेट खेलाडीलाई क्यानले सरकारको अनुमतिसहित स्वास्थय प्रोटकल फलो गरेर प्रशिक्षण गराएको हो ।

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई क्याम्पमा बोलाएको थियो । तर उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ भएमात्र प्रशिक्षणमा सामेल हुने पाउने प्रावधान थियो । जसअनुसार क्यानले मंगलबार १६ खेलाडीको पीसीआर परीक्षण गराएको थियो । त्यसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह भरी र हितकुमार पौडेललाई कोरोना पोजेटिभ पुष्टि भयो। बाँकी ६ खेलाडीले भने व्यक्तिगत र पारिवारिक कारण क्यानलाई जानकारी गराएर पीसीआर परीक्षणमा उपस्थित नभएका हुन् । त्यसमध्ये बसन्त रेग्मीलाई पनि यसअघि नै कोरोना पोजेटिभ भएकोले उनी आइसोलेसनमा छन् ।

केही खेलाडीलाई काेराेना पोजेटिभ देखिनु र केही खेलाडी तत्काल उपस्थित नभएपछि क्यानले ५ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गर्ने निर्णय गरेको छ । विक्रम सोब, रित गौतम, अनिल शाह, कुशल भुर्तेल, लोकेश बमलाई क्यानले बन्द प्रशिक्षणको बोलाएको छ । उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रशिक्षणमा समावेश हुने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment