Comments Add Comment

संगीत र कामको सम्बन्ध : शास्त्रीय संगीतले उत्पादकत्वमा कति प्रभाव पार्छ ?

Photo Credit : तस्वीर: ;सामाजिक सञ्जालबाट

काठमाडौं । संगीत मान्छेको जीवनको लागि उपयोगी छ कि घातक छ ? सैलुन, वर्कसप, विभिन्न फर्निचरका पसलहरुमा जाँदा ठूलाठूला स्वरमा गीत बजाएर काममा रमाएकाहरु देख्दा धेरैलाई संगीतसँगै काम गर्दा यसको उत्पादकत्वमा वृद्धि हुन्छ कि ? भन्ने सोचाइ पनि आउन सक्छ । तर संगीतले के मान्छेको कार्यक्षमता र सिर्जनशीलतामा सहयोग पुर्‍याउँछ ?

दोस्रो विश्वयुद्धको समयतिर संगीतको विभिन्न क्षेत्रमा प्रभावकारिताको अभ्यास पश्चिमा राष्ट्रहरुमा गरिएको थियो । पूर्वमा संगीतको विकास त प्राचीनकालदेखि नै भएको प्रमाण पाइएपनि संगीतको प्रभावकारिताबारे भने खासै अध्ययन भएको देखिँदैन । तर दोस्रो विश्वयुद्धको समयमा यसको प्रभावकारितालाई बुझेर यसको अभ्यास समेत सुरु गरेको बीबीसीको एक रिपोर्टले जनाएको छ ।

बिहान ठीक १०ः३० भएपछि हतियार सहितको युद्ध सुरु हुन्थ्यो । २३ जुन १९४० मा दोस्रो विश्वयुद्ध जोडतोडका साथ चलिरहेको थियो । जर्मनहरूले महाद्वीपीय युरोपको विशाल ठाउँहरूमा आक्रमण गरिसकेका थिए । अघिल्लो हप्ता मात्रै १० हजार सेनाहरु नोर्मान्डीमा पक्राउ परेका थिए ।

विश्वयुद्धमा लागिरहँदा धेरैमा मानसिक विक्षिप्तताको अवस्था पनि सिर्जना भएको थियो । युद्धमा नलाग्नेलाई पनि युद्धको त्रासले विक्षिप्त बनाइरहेको थियो । सो समयमा बेलायत सरकारको आग्रहमा बीबीसीले धेरैहदसम्म संगीतको माध्यमबाट जनता भुलाउने प्रयास गरेको रिपोर्टमा उल्लेख छ ।

संगीतले मान्छेको मुड बदल्न सहयोग गर्छ भन्नेमा धेरै सांगीतिक क्षेत्रका अनुसन्धानकर्ताहरु सहमत देखिन्छन् । तर संगीत कस्तो उपयुक्त हुन्छ ? शास्त्रीय संगीत कि आधुनिक संगीत ? संगीत एक सार्वभौमिक भाषा हो, जुन विभिन्न तहका व्यक्तिहरूसँग बोल्न सक्छ । संगीत सबै क्षेत्रमा व्याप्त एउटा विधा हो । यो थकानको औषधि, पीडाको सारथि र काममा उत्पादकत्व बढाउने एउटा सहयोगी तत्व पनि हो ।

बेलोइट कलेजका संगीत विषयका सहप्राध्यापक डेनियल बरोल्स्की संगीतमा उपयोगी र हानिकारक दुवै गुण रहेको बताउँछन् । प्रयोगकर्ताको व्यक्तित्व र उनीहरुको छनोटको आधारमा यो उपयोगी हुन्छ कि हानिकारक ? भन्ने कुरा तय हुने उनको विचार विजिनेस न्युज डेलीमा उल्लेख गरिएको छ ।

जानकारहरु कुनै पनि श्रोतालाई मन पर्ने संगीत अस्थायी रूपमा मान्छेको उत्तेजना वा मुड सुधारमा उपयोगी हुने बताउँछन् । साथै, यसले संज्ञानात्मक प्रदर्शनलाई माथि उठाउन पनि मद्दत गर्छ ।

मानसिक स्वास्थ्य विशेषज्ञहरू पनि संगीतको प्रभाव व्यक्ति अनुसार फरक हुन्छ भन्छन् । तर संगीतको प्रभावलाई संगीतको प्राथमिकतामा भन्दा व्यक्तिगत प्रवृत्तिमा कसरी बढी प्रभावित बनाउने ? भन्ने कुरामा ध्यान दिनुपर्ने उनीहरुको मत छ ।

धेरैको मान्छेलाई संगीतले उत्कृष्ट काम गर्न प्रेरित गर्छ भने संगीतलाई अत्यन्तै भित्री रूपमा चिनेका व्यक्तिहरुले संगीत सुन्दा उनीहरुमा यसले सधैं सकारात्मक प्रभाव मात्रै नपार्ने बताउँछन् ।

संगीत र मस्तिष्कको सम्बन्धका बारेमा तथ्य र मिथ्या

संगीतको दुनियाँमा मोजार्ट प्रभाव भन्ने सिद्धान्त चलिआएको पाइन्छ । जसको अर्थ मोजार्टमार्फत् शास्त्रीय संगीत सुनेपछि मानिसहरू होसियार हुन्छन् भन्ने धारणा हो । पछि कतिपयले यसलाई गलत भएको दाबी गर्छन् । तर शास्त्रीय संगीतले मान्छेले गर्ने कामको उत्पादकत्वमा प्रभाव पार्छ भन्नेहरुको तर्क भने छुट्टै किसिमको छ ।

संगीतले उत्पादकत्व बढाउँछ

कस्तो संगीतले मान्छेको काममा उत्पादकत्व बढाउन सकिन्छ ? भन्ने कुुरामा विज्ञहरूको फरक मत छ । कुन विधाको संगीतले उत्पादकतालाई बढाउँछ भन्ने बारे बेलोइट कलेजका संगीत प्राध्यापक बरोल्स्की र सौन्डर्स विश्वास गर्छन् कि व्यक्तिले कस्तो किसिमको संगीतमा रमाइलो मान्छ त्यसको आधारमा उसको उत्पादकत्व निर्भर हुने गर्छ ।

जहाँसम्म, सौन्डर्सहरु सुझाव दिन्छन् कि संगीत छनौट गर्नको लागि गीतहरुको एउटा प्लेलिस्ट तयार पार्न सकिन्छ, जहाँ आफूले मनपराएका एकदमै राम्राराम्रा संगीतमात्रै राख्न सकिन्छ । धेरै पटक सुनेको गीत यसकारण आवश्यक छ कि काम गरिरहँदा पृष्ठभूमिमा बजेको गीतले तपाईंलाई नबिथलोस् । यस्तो गीतले पृष्ठभूमिमा शोर सिर्जना गरेर डोपामाइन बढाउँछ ।

कस्तो संगीत सुन्ने भन्ने कुरा व्यक्ति अनुसार फरक हुन्छ, सबै विज्ञहरू यो कुरामा भने सहमत हुन्छन् । शास्त्रीय संगीगका विज्ञ एवं मनोवैज्ञानिकहरु वैचारिक उत्पादकत्व बढाउनको लागि संगीतमा शास्त्रीय संगीत र आवाजमा प्रकृतिको आवाज बढी उपयोगी हुन्छ भन्ने मान्यता राख्छन् ।

शास्त्रीय संगीत र प्राकृतिक आवाजमा कुनै शब्द हुँदैन । यसले गर्दा विचलनको सम्भावना कम हुने गर्छ । शास्त्रीय संगीतका अध्यापक रामकुमार राई शाब्दिक ध्वनि कम र सांगीतिक पक्ष बढी हुने भएकोले शास्त्रीय संगीतले मान्छेमा उत्प्रेरणा बढाउन समेत मद्धत गर्छ । मानसिकतामा ल्याउने परिवर्तनले कामको उत्पादकत्व बदल्नसक्छ । अर्काेतर्फ यी संगीतहरु आफ्नो मुड विकासको लागि समेत उपयुक्त हुन्छन् ।

संगीतले उत्पादकत्व कम गर्छ

ठीक विपरीत संगीतले मान्छेको उत्पादकत्वलाई बढाउन पनि मद्धत गर्छ । संगीतको असर त्यो बेलामा देखिन्छ जतिबेला उसमा संगीतको लत बसिसकेको हुन्छ र कामको बेलामा पनि संगीतको अपरिहार्यता बढेर जान्छ । यस्तो अवस्थामा पनि शास्त्रीय संगीतभन्दा अरु शब्दसहितको संगीत सुन्नाले यसमा समस्या सिर्जना हुन सक्छ ।

बीबीसीको रिपोर्ट अनुसार दोस्रो विश्वयुद्धको समयतिर बेलायत सरकारले कारखानामा दिनको दुई पटक लाइभ सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । यस्तै संगीतको माध्यमबाट उनीहरुलाई उत्प्रेरित गर्ने कला सेनामा पनि देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment