Comments Add Comment

के चलचित्रकर्मीहरु ‘भलाद्मी’ नै हुन् ?

के चलचित्रकर्मीहरु ‘भलाद्मी’ नै हुन् । के चलचित्र क्षेत्र ‘भलाद्मी’हरुको क्षेत्र नै हो । नेपाल सरकारले चलचित्र क्षेत्रको अस्तित्व नै स्विकार नगरेको अवस्थामा चलचित्रकर्मीहरुले भने बुलन्द आवाज उठाउन नसकेको भन्दै ‘भलाद्मी’ भन्ने शब्द प्रयोग गरिएको हो ।

चलचित्र संघका पूर्व अध्यक्ष एवं निर्माता प्रदिप कुमार उदयले सरकारलाई दबाब दिन नपुगेको भन्दै चलचित्रकर्मीहरुलाई ‘भलाद्मी’को संज्ञा दिएका हुन् ।

उदय लेख्छन्–‘अन्य मुलुकबाट भिजिट भिषामा विदेशी आउन पाउने र सम्पूर्ण अन्तरराष्ट्रिय उडान खोल्ने समेत निर्णय भैसक्यो । तर, संचार मन्त्रालयबाट खोल्न सिफारिश गैसक्दा पनि चलचित्र क्षेत्र खोल्न सरकार मौन छ र हामी चुप छौ । हामी भलाद्मी ।’

उनले चलचित्रकर्मीहरुलाई एकजुट हुन पनि अपिल गरेका छन् । उदय लेख्छन्–‘अब त आफ्नो अस्तित्वको लागि लडौ । वुझौं, चलचित्र विकास बोर्ड सरकारी निकाय हो । बोर्डले गम्भिरतापूर्वक चलचित्र क्षेत्र खोल्ने पक्षमा लागेपनि सरकारले महत्व नदिन सक्छ । अब, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था स्वयंम अग्रसर हुनुपर्छ र आफ्नो अस्तित्वका लागि लड्नपर्छ ।’

उनले, अब पनि चुप बस्ने हो भने चलचित्र क्षेत्रसँग सम्बन्धित सबै संघसंस्था बन्द गरे हुन्छ समेत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment