+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

इटहरीमा प्रचण्ड-नेपाल पक्षको छुट्टै भेला

हरि अधिकारी हरि अधिकारी
२०७७ मंसिर १२ गते २१:१४

१२ मंसिर, विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताले सुटुक्क भेला गरेका हुन् । ‘इटहरी ब्याङ्केट’मा आयोजना गरिएको भेलामा प्रचण्ड  र नेपाल पक्षका जिल्ला प्रदेश र केन्द्रीय तहका करिब ४० जना नेता सहभागि थिए ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला १९ कात्तिकमा प्रधानमन्त्री ओलीले प्रदेश १ का आफू निकट नेताहरुको भर्चुअल भेला गराएका थिए । भेलामा संकट टार्ने एउटै उपाय भन्दै ‘जनताको बहुदलीय जनवाद (जबज)को मुद्दा जिल्ला र स्थानीय तहमा उठाउन निर्देशन दिए ।

प्रचण्ड-नेपाल पक्षको भेलामा नेताहरुले पार्टी विवाद सामधान गर्नका लागि पहल गर्नुको साटो ओलीले जवजको अस्त्र प्रयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । ‘ओली पक्षले जस्तो कुनै एजेण्डा प्रस्तुत भएको छैन्’ बैठकमा सहभागि एक नेताले भने, ‘हाम्रो एजेण्डा पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने थियो ।’

भेलामा सहभागी नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले पार्टी एकता सुदृढ गर्ने विषयमा छलफल भएको दाबी गरे । ‘पार्टी एकतालाई सुदृढ गराउने विषयमा सबैको एकमत रह्यो,’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्न भन्दै नेताहरुले सुझाव व्यक्त गर्नुभएको छ ।’

भेलामा नेकपा सांसद तथा पूर्व मन्त्री शिवकुमार मण्डल, राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामी लगायत सहभागी थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?