Comments Add Comment

रक्षामन्त्रीको नेपाल भ्रमणमा अन्तरराष्ट्रिय र क्षेत्रिय विषयमा कुराकानी : चीन

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलरको वेई फेङहेको नेपाल भ्रमण सैन्य भ्रमण/सहयोग आदान प्रदान,आर्थिक सहकार्य र कोभिड- १९ सँग सम्बन्धीत सहकार्यमा विषयमा केन्द्रित रहेको चीनले जानकारी दिएको छ ।

चिनियाँ रक्षा मन्त्रालयले नेपाली नेता र अधिकारीहरुसँगको कुराकानीमा यि विषयमा कुराकानी गरेको संक्षिप्त जानकारी दिएको छ । चिनियाँ रक्षामन्त्री एक दिने भ्रमण सकेर आइतबार नै फर्किसकेका छन् ।

चिनियाँ सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले एक रिपोर्ट प्रकाशित गदै चीनको वेल्ट एण्ड रोडको वारेमा पनि छलफल गरेको उल्लेख गरेको छ ।

सो समाचारमा भनिएको छ,’चिनियाँ रक्षामन्त्रीले नेपाललाई उसको स्वायत्तता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्न सहयोग गर्ने धारणा व्यक्त गरे । साथै, उनले नेपालको सैन्य विकासमा सहयोग गर्ने र त्यसले क्षेत्रिय शान्ति र स्थायित्वमा योगदान गर्ने उल्लेख गरे ।’

नेपाली सेनाका प्रधान सेनापति पूर्ण चन्द्र थापासँग अन्तरराष्ट्रिय र क्षेत्रिय अबस्था, दुईपक्षिय कूटनीतिक सम्बन्ध र सैन्य सम्बन्धको बारेमा उल्लेख गरेको पत्रिकाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment