Comments Add Comment

थप ३ जना कोरोना संक्रमितको मृत्यु

१६ मंसिर, काठमाडौं । थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एक/एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीय महिलाको मंगलबार बिहान ७ M ५० बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पताल भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-५ की ५० वर्षीया महिलाको सोमबार राति १० बजे उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा मृत्यु भएको छ । उनी सोमबार नै अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै, गोरखाको गोरखा नगरपालिका-६ की ७५ वर्षीया महिलाको मंसिर १२ गते शुक्रबार राति मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment