
१६ मंसिर, रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा सोमबार राति धारिलो चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।
बृन्दावन नगरपालिका ३ का १८ वर्षीय नन्दकिशोर रामको हत्या भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी गाली गलौजबाट सुरु भएको झगडामा स्थानीय रवि रामले उनलाई चक्कु प्रहार गरेका थिए ।
सामान्य विवादपछि रविले नन्दकिशोरको कोखामा चक्कु प्रहार गरेका थिए । सख्त घाइते भएका रामलाई उपचारको लागि चन्द्रनिगाहपुरको एक अस्पतालमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले बताए ।
चक्कु प्रहार गर्ने रवि रामलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उपरीक्षक शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4