
१६ मंसिर, काठमाडौं । बाल यौन दूराचारको आरोपमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ ।
सोमबार पोखरा महानगरपालिका-१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।
उनले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीको दावी छ । उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।
उद्धार गरिएका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आई पोखरा महानगरपालिका खहरेमा बस्दै आएका थिए ।
प्रतिक्रिया 4