+
+
Shares

राष्ट्रिय फुटबलर रेनुका विवाह बन्धनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १६ गते १६:३९

१६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेनुका नगरकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । घरेलु फुटबल विभागीय टोली एपीएफबाट खेल्ने रेनुकाले प्रेम सबन्धलाई मंगबार विवाहमा परिणत गरेकी हुन् ।

रौतहटकी रेनुकाले प्रेमी जनकपुरका अभिषेक लामासँग विवाह गरेकी हुन् । रेनुका र अभिषेकले ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेकी रेनुका मिडफिल्डर हुन् । गत वर्ष मंसिरमा पोखरामा भएको १३औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा रेनुका टिमकी सदस्य थिइन् ।

रेनुकाले भारतमा सन् २०१६ मा भएको चौथो महिला साफच्याम्पियनसिपमा नेपालको कप्तानी गरेकी थिइन् । यस्तै २०१९ मा नेपालको विराटनगरमा भएको पाँचौँ महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनी टिममा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?