Comments Add Comment

८५८३ नमुना परीक्षण गर्दा १३०४ जनामा कोरोना संक्रमण

१६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् भने १५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।

कास्कीका १०० जना, झापाका ६८, मोरङका ६२, सुनसरीका ५२, रुपन्देहीका ४५, काभ्रेका ४०, बाँकेका ३०, मकवानपुरका २९, चितवनका २२, बर्दिया र अछामका १९/१९ जना, बैतडीका १८, नवलपुरका १५,
धनुषा, पाल्पा र कञ्चनपुरका १४/१४ जना, बाग्लुुङका १३, डडेलधुराका १२, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीका ११/११ जना, तनहुँ र बझाङका १०/१० जना तथा सप्तरी, कपिलवस्तु र गुल्मीका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ र अर्घाखाँचीका ८/८ जना, नवलपरासी र बाजुराका ६/६ जना, सिराहाका ५, ओखलढुंगा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्युठानका ४/४ जना, पर्सा, महोत्तरी, रौतहट र गोरखाका ३/३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङका २/२ जना तथा पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment