
आधुनिक समयमा थाइराइड एक सामान्य समस्याको रुपमा विकास हुन थालेको छ । थाइराइड धेरै कारणहरूले हुन सक्छ । यसका प्रमुख कारकहरू जस्तै अटोइम्युन डिसअर्डर, पिट्युटरी रोग, थाइराइड डिस्चार्ज वा आयोडिनको कमी आदि हो । थाइराइडका दुईवटा प्रकार हुन्छन् । एउटा हाइपरथायरायडिज्म हो र अर्को हाइपोथायरायडिज्म ।
एकातिर हाइपर थाइराइडले बिरामीको वजन छिटो घटाउँछ भने अर्कोतर्फ हाइपोथायरायडिज्म भएका बिरामीहरूको वजन छिटो बढ्छ । हाइपोथायरायडिज्म भएका व्यक्तिहरूले वजन नियन्त्रणमा धेरै कठिनाइको सामना गर्छन् । यसलाई अण्डरेटिभ थाइराइड रोग पनि भनिन्छ । महिलाहरूमा हाइपोथायरायडिजम धेरै हुने गर्छ ।
हाइपोथायरायडिजम भनेको के हो ?
आजको समयमा थायराइड एक सामान्य रोग बनिसकेको अवस्था छ । हाइपोथायरायडिज्म तब हुन्छ जब शरीरमा थाइराइड ग्रन्थीले पर्याप्त थाइराइड हर्मोन उत्पादन गर्दैन। महिलाहरू हाइपोथायरायडिजमको बढी खतरामा पर्ने गर्छन् ।
थाइरोइड ग्रन्थी हाम्रो घाँटीको बीचमा रहेको एउटा साधारण ग्रन्थी हो । थाइराइड गन्थी पिट्युटरी ग्रन्थीद्वारा सन्तुलित हुन्छ । शरीरमा पिट्युटरी ग्रन्थीमार्फत नै रक्त प्रवाहको माध्यमबाट हार्मोनहरू बाहिर निस्कन्छन् । हार्मोनको विमोचनबाट शरीरका सबै अंगहरू प्रभावित हुन्छन् । मुटु र मस्तिष्कदेखि मांसपेशीहरू र छालासम्म यसबाट प्रभावित हुन्छ । यस तरिकाले थाइराइड हार्मोनको मुख्य उद्देश्य भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्नु हो । यस्तो अवस्थामा जब व्यक्ति थाइराइडले ग्रस्त हुन्छ, उसको शरीरको मेटाबोलिज्म नियन्त्रण हुँदैन । मेटाबोलिक नियन्त्रणको अभावका कारण शरीरको वजन घट्ने वा बढ्ने हुन्छ ।
हाइपोथायरायडिज्मको टीएसएच तह के हो?
पिट्यूटरी ग्रन्थीले हाम्रो शरीरमा हार्मोन उत्पादन नियन्त्रण गर्छ । पिट्यूटरी गन्थीको कार्य थाइराइड उत्तेजक हार्मोन यानी –(((((टीएसएच) बनाउनु हो । टीएसएचले थाइराइड ग्रन्थीलाई बताउँछ कि कुन मात्रामा थाइराइड हर्मोन बनाउने भनेर । यदि टीएसएचको स्तर असामान्य रूपमा बढ्दै जान्छ भने तपाईं बुझ्न सक्नुहुन्छ कि तपाईं अण्डएक्टिभ थाइराइड वा हाइपोथायरायडिज्मबाट प्रभावित हुनुहुन्छ ।
हाइपोथायरायडिज्मका लक्षणहरू
यो समस्याको मुख्य लक्षण भनेको नै छाला संवेदनशील हुन्छ । यस कारणले व्यक्ति चिसो र अधिक तातो महसुस गर्ने गर्छन् । यसका अन्य लक्षणहरु निम्नानुसार छन् ।
–छाला ड्राईनेस
–तौल
–आवाजमा परिवर्तन
–घाँटी दुख्नु
–मांसपेशी कमजोरी
–कमजोर पाचन शक्ति
–श्वासप्रश्वास
–जोर्नीमा हुने दुखाइ
–अनियमित मासिक धर्म
–कपाल झर्नु
–कमजोर स्मरण क्षमता
सही आहार सम्बन्धी नियमले थाइराइडको समस्याहरूलाई नियन्त्रण गर्न सक्छ ।
हाइपोथायरायडिजमका बिरामीहरूको लागि डाइट प्लान
बिहान उठेपछि
बिहान खाली पेटमा औषधि लिन सकिन्छ । यस्तो औषधि तातो पानीका साथ लिन सकिन्छ । आधा घण्टापछि ४÷५ वटा ड्राइफ्रुट्सका साथ दालचिनीको पानी पिउनुहोस् ।दालचिनीको पानी तयार पार्नको लागि एउटा दालचिनीको टुक्रामा एक किलास मानी राखेर उमाल्नुहोस् । यसमा आधा इन्च जति दालचिनी राख्न सकिन्छ । यसलाई करिब ५ मिनेटसम्म उमाल्न सकिन्छ ।
बिहानको ब्रेकफास्ट – बिहानको ब्रेकफास्टमा १ कचौरा तरकारी वा अण्डा खानुहुन्छ भने दुईवटा अण्डा अचारसँग खान पनि सकिन्छ ।
मध्यम आहार – यस समयमा तपाईं मौसमी फलहरू खान सक्नुहुन्छ । सुन्तला जस्तो चीज जाडोमा खान सकिन्छ । यस समयमा तपाईंले एक कचौरा मेवा, सुन्तला वा केरा खान सक्नुहुन्छ ।
लन्चमा– आफैँले तयार पारेको दुईवटा रोटी, एक कचौरा हरियो तरकारीसँग दही लिन सक्नुहुन्छ । साँझमा खाना खाने संस्कार भएको ठाउँमा खाना खान पनि बाधा पर्ने छैन ।
रात्रिभोज –राति हल्का खाना खानुपर्छ । यस खानामा तपाईं तरकारीको साथ खिचडी पनि लिन सक्नुहुन्छ । यससँग एक प्लेट सलाद पनि खान सकिन्छ ।
रातमा सुत्ने बेलामा एक गिलास बेसारलाई दूधसँग खानुपर्छ । यसले तपाईंको हड्डीलाई राम्रो गर्छ । थाइराइडका बिरामीहरूको हड्डी कमजोर हुने गर्छ । यस अवस्थामा, क्याल्सियम युक्त आहार लिनु महत्वपूर्ण हुन्छ ।
प्रतिक्रिया 4